• २१:२० २०८० चैत्र १६ गते
  • 9:20 pm

थप १४८६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार ०४:०८

coronavirus v1r5UoMB1Q e1647343432390

२८ भाद्र, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी १४८६ जनामा संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १२६० रहेको छ र संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ । जसमध्ये २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा छन् ।

प्रतिकृया