सरकारबाट अग्रीम गीत सुनाउन आदेश आएको भन्दै भिटेनको अश्लिल गाली

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार ०३:५८

v10

२८ भाद्र, २०७८ काठमाडौँ : बारम्बार विवादमा आइरहने र्‍यापर समिर घिसिङ उर्फ भिटेनले सामाजिक सञ्जालमार्फत सरकारमाथि आक्रोश पोखेका छन् । आफ्नो गीत रिलिज गर्नुपूर्व लिरिक्स पठाउन र व्याख्यासमेत गर्न सरकारबाट आदेश आएको भन्दै उनी आक्रोशित बनेका हुन् ।


इन्स्टाग्राम स्टोरीमा भिटेनले अश्लिल गालीगालौजसहितको स्टोरी पोष्ट गरेका छन् । ‘उनीहरुको स्वीकृतिपछि मात्रै मैले आफ्नो गीत सार्वजनिक गर्न सक्छु रे । मेरो निजी अधिकार कहाँ गयो ?’ उनले प्रश्न गरेका छन् । आफ्नो म्युजिक भिडिओमा गाडी जलाउँदै गरेको सिन गर्नुपरेको र त्यो काम गर्नुअगाडि सरकारलाई गीत सुनाएर अनुमति लिन भनिएको घिसिङको भनाइ छ ।


कुन गीतका लागि यस्तो आदेश आएको हो भन्ने उनले खुलाएका छैनन् ।

प्रतिकृया