नारायणी अस्पतालबाट भागेका अभियुक्त पक्राउ

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार ०१:३२

pakrau hatkadi

२८ भाद्र, २०७८ काठमाडौँ : नारायणी अस्पतालबाट भागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका–३ का १४ वर्षीय किशोरलाई भन्सार क्षेत्रबाट सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।


क्षयरोगको उपचार चलिरहेको समयमा आइतबार अस्पतालबाट उनी भागेको उनले बताए । भदौ १६ गते प्रतिबन्धित लागूऔषध फेनारगन २१ थानसहित उनी पक्राउ परेका थिए । पर्सा जिल्ला अदालतमा उनी विरुद्ध लागूऔषध ओसारपसार मुद्दा दर्ता गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।


मुखबाट रगत निस्केपछि भदौ २२ गते उपचारका लागि नारायणी अस्पताल लगिएको थियो । आइतबार बिहान शौचालय जाने बहाना गरी हतकडी नै फुकालेर उनी भागेका थिए ।

प्रतिकृया