• १८:५५ २०८० चैत्र १५ गते
  • 6:55 pm

सभामुखलाई एमालेको आग्रह : १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्नुस्, नभए मार्गप्रशस्त गर्नुस्

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार १२:१४

q11

२८ भाद्र, २०७८ काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । एमालेले लगातार संसदमा नाराबाजी गरेपछि सभामुखले सोमबार दिउँसो संसद्मा भएका दलहरुको बैठक बोलाएका छन् । त्यसअघि एमाले प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई फोन गरी क-कसलाई बोलाइएको छ भनेर चासो राखेका थिए । सभामुखले संसदमा भएका सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको जानकारी दिए ।


प्रमुख सचेतक भट्टराईले भने माधवकुमार नेपालहरूलाई बोलाएको बैठकमा आफूहरू नआउने बताएका छन् । ‘एमाले र उहाँको विवाद हो, दुनियाँलाई बोलाएर के निकास निस्कछ र ?’ उनले सभामुखलाई भनेका छन् । एमालेले संसदको अवरोध हटाउने हो भने एमालेको निर्णयअनुसार १४ सांसदलाई कारबाही गरेको सूचना निकाल्न वा मार्गप्रशस्त गर्न सुझाएको छ ।


सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् । एमालेले १ भदौमा माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै सभामखुलाई सूचना दिएका थिए । २ भदौमा माधव नेपालको नयाँ पार्टी दर्ता भयो, जसले ९ भदौमा मान्यता पायो । त्यसपछि बल्ल सभामखुले एमालेको पत्रबारे निर्णय गर्दै केही गर्नु नपर्ने बताएका थिए ।


यसलाई लिएर एमालेले आफ्नो दल फुटाउने षड्यन्त्रमा सभामुखसमेत प्रत्यक्ष संलग्न भएको आरोप लगाएको छ । त्यसलाई लिएर एमालेले २३ भदौमा सुरु भएको संसद अधिवेशनमा नाराबाजी गर्दै आएको छ ।

प्रतिकृया