• १५:४८ २०८१ बैशाख ७ गते
  • 3:48 pm

मनसुनी वायुको प्रभाव कम, यस्तो छ तीन दिनको मौसम

प्रकाशित मिति

२०७८ भाद्र २८ गते, सोमबार ०७:४६

mausam

२८ भाद्र, २०७८ काठमाडौँ : नेपालमा मनसुनी वायुको प्रभाव कम हुँदै गएको छ । मनसुन सकिन दुई साता मात्र बाँकी रहँदा झरी पर्ने क्रम बन्द भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाडीको मध्यपूर्वी भूभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा छ । मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ छ ।


आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।भोलि मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बुधबार राति भने प्रदेश १, २ र वाग्मतीका थोरै स्थान तथा अन्य प्रदेशका केही भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिकृया