• 3:28 pm

याडियाइ लेक्ट्रीक स्कुटरमा दशैं अफरः २५ हजार नगद, दुई हेल्मेट र २ हजारको फुड भौचर

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०३:५६

२७ भाद्र, २०७८ काठमाडौँ : याडियाका प्रिमियम इलेक्ट्रीक स्कुटरमा २५ हजार नगद छुट र दुई वटा हेल्मेट निःशुल्क दिने योजना सार्वजनिक भएको छ।याडियाको आधिकारीक विक्रेता कुजु नेपालले योस्कीम सार्वजनिक गरेको हो। विद्युतीय सवारी साधनमा ग्राहकको राम्रो आकर्षण रहेको समयमा प्रिमियम स्कुटरमा राम्रो छुट अफर गरेका हौं’, कुजु नेपालका संचालक उमिद श्रेष्ठले बताए।


कम्पनीले यस बाहेक स्कुटर किन्ने ग्राहकलाई २ हजार रुपैयाँ बराबरको फुडभौचरको साथै, व्याजन लाग्ने स्कीम पनि दिएको छ।जसमा कर्जा लिएको र कममा कुनै अतिरिक्त व्याज लाग्ने छैन । एक वर्षको सडक दस्तुर, एक्स चेन्ज सुविधार सहज फाइनान्स सेवा ग्राहकले पाउने छन् । यस बाट ग्राहकले प्रदुषण रहित विश्वस्त रियइलेक्ट्रीक स्कुटर सहज तरिकाले पाउने छन्।


कुजु नेपाल प्रालिले अहिले विभिन्न ४ भेरियन्टमा इलेक्ट्रीक स्कुटर विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने स्लाइक सिंगल व्याट्री भएको मोडलको मूल्य २ लाख ३० हजार रुपैयाँ रहेको छ भने यस लाईफुल चार्जमा ६० किलोमिटर गुडाउन सकिन्छ।यसको टप स्पीड क्षमता भने ५० किलोमिटर प्रतिघन्टा रहेको छ। एस्लाइक मोडलकै डबल व्याट्री भेरियन्टको मूल्य ३ लाख १० हजार रुपैयाँ रहेको छ यस लाईफुल चर्जमा १२० किलोमिटर गडाउन सकिन्छ भने यस कोटप स्पीडक्षमता ५० किलोमिटर प्रति घन्टा रहेको छ।


त्यसैगरी याडियाजी ५ को मूल्य ३ लाख ३० हजार ६० किलोमिटर प्रति घन्टा कोस्पीडमा चलाउन सकिने यो स्कुटर एक पटकको फुल चार्जमा ८० किलो मिटर गुडाउन सकिन्छ । कम्पनीले विक्री गर्ने सबैभन्दा धेरै मूल्यको सिवान एसमोडलको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ।यस कोपनिटप स्पीड र रेञ्जजी ५ को जस्तै रहेको छ । कम्पनीले सबै स्कुटरको व्याट्री र मोटरमा २ वर्ष र चार्जरमा एकवर्षको वारेन्टी प्रदान गरेको छ।

प्रतिकृया