• ०५:५० २०८१ बैशाख ७ गते
  • 5:50 am

यसरी कतिन्जेल चल्छ संसद ?, देउवाले भने-ओलीलाई सोध्नू

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०३:२७

deubaa

२७ भाद्र, २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले संसद अवरोध हटाउने जिम्मा प्रमुख विपक्षी दल नेकपा एमालेको भएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि बाहिरिने क्रममा पत्रकारले उनलाई यसरी कतिन्जेल संसद चल्छ भनी प्रश्न गरेका थिए । जवाफमा देउवाले भने ‘ओलीलाई सोध्नू ।’


आइतबार बसेको प्रतिनिधिसभाको दुईवटा बैठकमा दुबै बैठक एमाले सांसदहरुले अवरोध गरेका थिए । आफूले १४ सांसदलाई गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएपछि एमालेले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । तर संसद अवरोध अन्त्य गर्ने विषयमा सभामुखले आइतबारसम्म छलफल गरेका छैनन् ।

प्रतिकृया