• ०८:१२ २०८१ बैशाख ७ गते
  • 8:12 am

संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ११:२६

www 1

२७ भाद्र, २०७८ काठमाडौँ : संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।


२६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार लोकबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

प्रतिकृया