• 12:30 pm

घट्यो सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ११:२०

२७ भाद्र, २०७८ काठमाडौँ : आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४०० रुपैयाँले र चाँदी २० रुपैयाँले सस्तिएको हो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ ।


यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले नै सस्तिँदै आइतबार ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया