• २१:५३ २०८० चैत्र १५ गते
  • 9:53 pm

गुल्मीमा ३ वर्षकी बालिक मृत भेटिइन्

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ११:०६

sab 1

२७ भाद्र, २०७८ काठमाडौँ : गुल्मीमा तीन वर्षकी बालिक मृत भेटिएकी छिन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर-२ भेडिखोर निवासी तीन वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रदास पाण्डेले बताए।


बालिका शनिबार बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आइतबार बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५०० मिटर पर खोल्सामा मृत फेला पारिएको डीएसपी पाण्डेले बताए।


घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय पुर्कोट दहबाट प्रहरी निरीक्षकको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया