• १७:२९ २०८० चैत्र १५ गते
  • 5:29 pm

रोनाल्डोबिना जीतविहीन युभेन्टस

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार १०:२६

120519406 matteopolitano 8pzBhgGRGR 1

२०७८ भाद्र, २०७८ काठमाडौँ : स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो गुमाएको युभेन्टस यो सिजन इटालियन सिरिए एमा जीतविहीन रहेको छ । शनिबार युभेन्टस नापोलीसँग १–२ गोलअन्तरले पराजित भयो । तीन सिजनमा युभेन्टसलाई २ वटा लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका रोनाल्डो १.२८ करोड पाउन्डमा आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन् ।


आफ्नो पहिलो खेलमा नै उनलेदुई गोल गर्दै युनाइटेडलाई न्युक्यासलविरुद्ध ४–१ को जीत दिलाउन सफल भएका छन् । यता, रोनाल्डोको अनुपस्थितिमा अल्भारो मोराटाले खेलको सुरुवातमा नै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा माटेयो पोलिटानो र कालिडो कुलिबेली एक–एक गोल गर्दै नापोलीलाई जीत दिलाए ।


जीतसँगै नापोली ३ खेलबाट ९ अङ्क बटुल्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्टस भने ३ खेलबाट मात्र १ अङ्क बटुल्दै लिगको १४ औँ स्थानमा सीमित बनेको छ । -एजेन्सी

प्रतिकृया