• १०:४९ २०८० चैत्र १६ गते
  • 10:49 am

एमसीसी सम्झौता राष्ट्रघात हो : सीपी मैनाली

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ०६:३५

Capture1 e1631407802681

२७ भाद्र, २०७८ काठमाडौँ : नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।


अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी गरे गर्दै उनले एमसीसी नेपाल सरकारले तुरुन्त फिर्ता लिनु पर्ने बताए । एमसीसी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने कुरा पनि उनले प्रष्ट पारे ।

प्रतिकृया