• ११:२९ २०८० चैत्र १६ गते
  • 11:29 am

काठमाडौँ उपत्यकामा थप ३५७ जनालाई कोरोना

प्रकाशित मिति

२०७८ भाद्र २६ गते, शनिबार ०४:५०

ktm

२६ भाद्र, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ जना संक्रमित थपिएका हुन्।


यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाले ज्यान गुमाएका छन् । शनिबार १ हजार ३६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया