• १९:१३ २०८० चैत्र १६ गते
  • 7:13 pm

म्यानमारमा सरकारको विरोधमा उत्रिएका २० जना मारिए

प्रकाशित मिति

२०७८ भाद्र २६ गते, शनिबार ०२:४५

myanmar

२६ भाद्र, २०७८ काठमाडौँ : म्यानमारमा सैन्य सरकारको विरोधमा उत्रिएका २० जना मारिएका छन् । सरकारको विरोधमा उत्रीएका प्रदर्शनकारी र म्यानमार सेकुरीटीज फोर्स बिच भएको झडपमा २० जान मारिएको म्यानमारका सञ्चार माध्यमहरुले जनाएका छन् ।


गत फेब्रुअरी १ मा सेनाले कु गरेर सरकार हत्याएपछि त्यसको विरोधमा त्यहाँका राजनीतिक दलहरुले केही दिनअघि मात्रै राष्ट्रिय एकताको सरकार गठन गर्दै जनप्रतिरोध युद्ध घोषणा गरेका थिए । यो समूहले म्यानमारमा सैनिक सरकारविरुद्ध दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायसँग समेत अपिल गरेको थियो ।


म्यानमारमा यसअघि ८ महिनादेखि जारी सैन्य सरकारविरुद्धका प्रदर्शनमा १ हजार ५८ जनाको मृत्यु भइसकेको छ । सैन्य सरकारले हालसम्म ६ हजार ३०० भन्दा बढीलाई गिरफ्तार गरेको अन्तराष्ट्रिय समाचार एजेन्सी अलजजिराले उल्लेख गरेको छ ।

प्रतिकृया