• १८:०१ २०८० चैत्र १६ गते
  • 6:01 pm

रुपन्देहीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

प्रकाशित मिति

२०७८ भाद्र २४ गते, बिहीबार ०१:५१

accident111 e1633403020149

२४ भाद्र, २०७८ काठमाडौँ : रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिकामा गएराती भएको दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय प्रवेश खरेलको उपचारका क्रममा मृत्यु भएको हो । तिलोत्तमाको शंकरनगरस्थित सडकमा लु २२ प ५५२६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा खरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


उनको मणिग्राममा स्थित क्रिमसन अस्पतालमा मृत्यु भएको जनाइएको छ । यसैबीच बिहीबार बिहान दाङ र सुर्खेतमा दुईवटा मोटरसाईकलमा जलेर नष्ट भएका छन् । दाङको घोराही उपमहानगरपालिका–४ तल्लो भकारे निवासी ६७ वर्षीय थमबहादुर परियारको घरमा पार्किङ गरी राखेको भे ४ प ५०७५ नम्बरको मोटरसाइकलमा बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको हो ।


प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानस्थित हरिहरनाथ योगीको घरमा पार्किङ गरी राखेका भे ६ प ८४५२ नम्बरको मोटरसाइकलमा पनि बिहीबार बिहान आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको ।

प्रतिकृया