• 4:06 pm

९० हजार ६०० रुपैयाँमा झर्‍यो सुनको मूल्य

प्रकाशित मिति

२०७८ भाद्र २४ गते, बिहीबार ११:२०

२४ भाद्र, २०७८ काठमाडौँ : बिहीबार नेपाली बजारमा सुनको मूल्य ९० हजार ६०० रुपैयाँमा झरेको छ । बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै सस्तिँदै ९० हजार एक सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले सस्तिँदै बिहीबार एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया