• १५:०७ २०८० चैत्र १५ गते
  • 3:07 pm

मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प, राजधानीसम्मै धक्का महशुस

प्रकाशित मिति

२०७८ भाद्र २३ गते, बुधबार ०९:०५

5ASQHTAJJVOTZPJHYLBPVVP5O41631068954 e1631071223101

एजेन्सी

२३ भाद्र, २०७८ काठमाडौँ : मेक्सिकोमा शक्तिशाली भूकम्प आएको छ। स्थानीय समयअनुसार मंगलबार राति दक्षिण पश्चिम मेक्सिकोमा ७ म्याग्नेच्युडको भूकम्प आएको हो। अमेरिकाको युएस जिओलजिकल सर्भेका अनुसार तटिय सहर अकापुल्कोदेखि ११ माइल टाढा केन्द्रबिन्दु बनाएर भूकम्प आएको हो।


भूकम्पको धक्का २३० माइल टाढाको राजधानी मेक्सिको सिटीसम्म महशुस गरिएको थियो। मेक्सिको सिटीमा घरहरू हल्लिन थालेपछि मानिसहरू आत्तिदै सडकमा निस्किएका थिए।


समाचार संस्था रोयटर्सका अनुसार मेक्सिकोमा केही दिन यता पानी पनि परिरहेको छ। मानिसहरू छाता ओढेर सडकमा उभिएका थिए भूकम्पबाट भएको क्षतिको विवरण भने आइसकेको छैन। मेक्सिको सिटीसँग जोडिएको रोमा सरमा बिजुली अवरूद्ध भएको छ।

प्रतिकृया