शेयर बजारमा उच्च अंकको गिरावट, ३० कम्पनीको मूल्य अत्यधिक घट्यो
प्रकाशित मिति
२०७८ भाद्र २० गते, आईतवार ०३:३३

२० भाद्र, २०७८ काठमाडौँ : साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ । नेप्से परिसूचक १०८ दशमलव २६ अंकले घटेर २ हजार ८ सय १८ दशमलव ७२ अंकमा झरेको छ ।
दिउसो ५ प्रतिशत बढीले मूल्य घटेर सर्किट ब्रेक समेत लागेको थियो । ४० मिनेट बन्द भएर खुलेको बजारमा केही सम्हालिने संकेत देखिएको थियो । तुलनात्मक हिसाबले बन्द हुँदा थोरै सम्हालियो । बजार बन्द हुँदा ३ दशमलव ७० अंकले घटेको हो ।
उच्च अंकले नेप्से परिसूचक घट्दा २ दर्जन बढी कम्पनीको सेयर मूल्य अत्यधिक घटेको छ । एकै दिन कुनै कम्पनीको १० प्रतिशत भन्दा बढी मूल्य घटबढ हुननसक्ने नियम छ । १० प्रतिशत हाराहारीमा घट्ने कम्पनीको स।ख्या नै ३० पुगेको छ ।
यी हुन् धेरै गुमाउने कम्पनीहरु :

प्रतिकृया