• 11:09 pm

सय अंकले घट्यो नेप्से

प्रकाशित मिति

२०७८ भाद्र २० गते, आईतवार १२:४४

२० भाद्र, २०७८ काठमाडौँ : आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०० अंकभन्दा बढीले घटेको छ । कारोबार सुरु भएको डेढ घन्टा पनि नपुग्दा परिसूचक १०० भन्दा बढीले घटिसकेको छ । यो समाचार तयार पार्दासम्म आज नेप्से परिसूचकमा १०७ अंकको गिरावट आएको छ ।


यो भनेको नेप्सेमा आएको ३.६८ प्रतिशतको गिरावट हो । यसक्रममा अहिलेसम्म ९४ लाख २८ हजार कित्ता सेयर किनबेच भएर ४ अर्ब ३९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।


यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा गिरावट आएको छ । सबैभन्दा बढी फाइनान्स समूहमा ८ प्रतिशतको, विकास बैंकमा ७ प्रतिशतको गिरावट आएको छ ।

प्रतिकृया