• २१:०० २०८० चैत्र १५ गते
  • 9:00 pm

यी ९ कुरा सधै गोप्य राख्नु पर्दछ

प्रकाशित मिति

२०७८ भाद्र २० गते, आईतवार १२:३८

24a036f97589fd6e223f8f125450f05b

२० भाद्र, २०७८ काठमाडौँ : आयु, धन, घरको रहस्य, गुरुमन्त्र, मैथुन, दान, मान, अपमान एवं औषध यी नौ कुरालाई हरहमेशा गोप्य राख्नुपर्छ ।


आयु

मानिसले आफ्नो आयुका विषयमा जो कोही व्यक्तिलाइृ जानकारी दिनुहुँदैन । आयु वा उमेरलाई जति गोप्य राख्न सकियो त्यति नै राम्रो मानिन्छ । आयुका विषयमा शत्रुले थाहा पाए भने उपयुक्त अवसर पर्खेर नोक्सान पु¥याउँछन् तसर्थ आफ्नो उमेर जोकोहीलाई बताउनु हुँदैन ।


धनसम्पत्ति

धनसम्पत्ति एवं पैसाले जीवनमा सुखसमृद्धि हासिल हुन्छ तर यही पैसा कतिपय अवस्थामा दुःखको कारणसमेत बन्नपुग्छ । आप्mनो सम्पत्तिको विषयमा जानकारी जति कम मानिसलाई हुन्छ उति नै राम्रो मानिन्छ । अन्यथा कतिपय गलत मनसायका मानिसले पैसा छ भन्ने सुइँको पाएर पहिले अनेक तिकडम गरेर मित्रता गाँसी पछि ठूलो नोक्सानसमेत पु¥याउन सक्छन् । तसर्थ आप्mनो सम्पत्तिका विषयमा अरुलाई जानकारी दिनुहुँदैन ।


घरको रहस्य

आफ्नो घरको रहस्य अरुलाई बताउनु हुँदैन । घरको वास्तुदोष तथा अन्य गृहकलह आदि कुरा अरुले थाहा पाए भने त्यसबाट विरोधीले अनुचित लाभ उठाउनसक्ने सम्भावना हुन्छ । अरुलाई बताइयो भने गृहशान्ति गरेको फल पनि प्राप्त हुँदैन ।


मन्त्र

कतिपय मानिस भगवान्को कृपा प्राप्त गर्नका लागि नियमित भगवान्को पूजापाठ एवं जपतप गर्छन् । यसका लागि दीक्षा पनि लिएका हुन्छन् । आफूले जुन मन्त्रको जप गरिन्छ त्यो कसैलाई पनि बताउनु हुँदैन । भनिन्छ, जसले आफ्नो पूजापाठ एवं मन्त्रलाई गुप्त राख्नसक्छ उसैलाई आफूले गरेको पुण्यकार्यको फल प्राप्त हुन्छ ।


मैथुन

मैथुन वा यौनजीवनका विषयमा अरुलाई जानकारी दिनुहुँदैन । यौन जीवनलाई गोप्य राख्नु नै हरेक हिसाबले राम्रो मानिन्छ । दुई व्यक्तिबीचको कुरा तेस्रोले थाहा पायो भने उसले त्यसबाट नाजायज फाइदा उठाउन सक्छ । यो विषयमा अरुले थाहा पाए भने त्यो आप्mना लागि समस्या वा लाजको विषय बन्नपुग्छ ।


दान

दान त्यस्तो पुण्यकर्म हो जुन जति गोप्य राख्न सक्यो उति नै फलदायी हुन्छ । जो मानिसले अरुबाट प्रशंसा पाउनका लागि वा अन्य मानिसका अगाडि आफूलाई महान् सिद्ध गराउने उद्देश्यका साथ देखावटी दान गर्छ त्यस्ता व्यक्तिले त्यसअघि गरेका सबै पुण्यकर्म नष्ट हुन्छन् ।


मान

कतिपय मानिसलाई आफ्नो मानसम्मान अरुलाई देखाउने बानी हुन्छ । यो बानी कुनै पनि मानिसका लागि लाभदायक हुँदैन । मानसम्मानलाई देखावटी रुपमा अरुसामु दर्शाउनाले आफूप्रति अरुमा घृणाभाव पैदा हुनसक्छ । यस्तो बानीका कारण अरुले आफूसित दूरी कामय राख्न वा त्यस्तो चेष्टा गर्न सक्छन् ।


अपमान

आफूमाथि कुनै बखत कसैबाट अपमान भएको छ भने उक्त कुरालाई हरहमेशा सबैबाट गुप्त राख्नुपर्छ । यस्तो कुरा अरुलाई बताइयो भने आफैंलाई नोक्सान हुन्छ । अरुले यस्तो कुरो थाहा पाए भने उनीहरुले पनि सम्मान गर्न छोड्छन् र आपूलाई हाँसोको पात्र बनाउँछन् ।


औषध

औषधको अर्थ हुन्छ औषधि गर्ने व्यक्ति वा डाक्टर । आफ्नो डाक्टरलाई कतिपय निजी कुराहरु पनि थाहा हुन्छ । यस्तो अवस्थामा आफूलाई औषधि गर्ने व्यक्तिका विषयमा शत्रुले थाहा पाए भने उनीहरुले तिनीहरुसँग सम्पर्क गरेर वा मद्दत लिएर आफूलाई हानि पु¥याउने कोसिस गर्नसक्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको जानकारी अरुलाई दिनुहुँदैन ।

प्रतिकृया