• 1:31 am

भोलिबाट उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय

प्रकाशित मिति

२०७८ भाद्र १६ गते, बुधबार ०४:०९

१६ भाद्र, २०७८ काठमाडौँ : वैशाख पहिलो साताबाट बन्द रहेका काठमाडौँ उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।


स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ । ‘पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ अधिकारीले बताए ।’ दोस्रो चरणको कोरोना महामारी फैलिएसँग वैशाखको पहिलो साताबाट हलहरु बन्द भएका थिए । साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् ।


प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले केही समय चलचित्र भवनहरुमा चलचित्रको अभाव रहनेछ ।

प्रतिकृया