• 5:46 pm

कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

प्रकाशित मिति

२०७८ भाद्र १६ गते, बुधबार ०३:३७

१६ भाद्र, २०७८ काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो एजेण्डा भएको उनले बताए ।


एउटा पदमा बारम्बार दोहोरिने गरेको भन्दै उनले भने, ‘एक व्यक्ति एउटा पदमा दुई पटक मात्र हुन पाउने व्यवस्था गर्छु । यसले पार्टीमा सबैले अवसर पाउँछन् ।’ स्थानीय तह प्रमुखमा ५० प्रतिशत महिला उम्मेदवार बनाउने व्यवस्था विधानमा नै गर्ने उनको अर्को एजेण्डा छ ।


एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने समेत आफ्नो एजेण्डा भएको उनले सुनाए ।

प्रतिकृया