कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी
प्रकाशित मिति
२०७८ भाद्र १६ गते, बुधबार ०२:५१
१६ भाद्र, २०७८ काठमाडौँ : कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताइन् ।
कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । हाल एमालेको १६ जना सांसद कायम रहेकामा ३ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ ।
विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्मलाई तोकिएको छ ।
Related
Recent News
- एनपीएल : काठमाडौंसँग लुम्बिनी १८ रनले पराजित
- महायज्ञबाट एकैदिन मंगलबार ६३ लाखभन्दा बढी संकलन
- अख्तियारद्वारा सशस्त्र प्रहरीका पूर्व इन्सपेक्टर कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर
- नेप्सेमा उच्च अंकको वृद्धि, कारोबार ५ अर्ब माथि
- रोमानिया, युके स्लोभाकिया पठाइदिन्छु भन्दै रकम असुल्ने तीनजना पक्राउ
- हिमालयन बैंकको चार लाख आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- काठमाडौं गुर्खाजले दियो लुम्बिनी लायन्सलाई १०४ रनको लक्ष्य
- भ्रष्टाचारको आरोपमा अदालतमा उपस्थित भए नेतान्याहु
- रविलाई बाराको सिमराबाट काठमाडौं हुँदै हवाइमार्गबाट पोखरा पुर्याइयो
- रोजगार महाशाखा स्थापनाको तयारीमा श्रम मन्त्रालय
प्रतिकृया