बागमतीका सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा
प्रकाशित मिति
२०७८ भाद्र १६ गते, बुधबार १०:४२
१६ भाद्र, २०७८ काठमाडौँ : बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।
खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।
Related
Recent News
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
- ‘दुःखी आत्मा’ मा राखियो श्रवण मुकारुङका १० कविता
प्रतिकृया