• 12:43 pm

न्यायाधीशको सम्पत्ति सार्वजनिकसम्बन्धी रिट दर्ता नगर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

प्रकाशित मिति

२०७८ भाद्र १५ गते, मंगलवार ०५:२९

१५ भाद्र, २०७८ काठमाडौँ : न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्नेसम्बन्धी रिट दरपीठ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरलाई आदेश दिएको छ । मंगलबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले रिट दरपीठ गर्नुको कैफियत प्रतिवेदन पेश गर्न सर्वोच्चले मुख्य रजिष्ट्रार कुँवरलाई आदेश दिएको हो ।


न्यायाधीश पनि सार्वजनिक व्यक्तित्व भएको भन्दै न्यायाधीशको पनि सम्पत्ति सार्वजनिक हुनुपर्ने मागसहित रिट बोकेर अधिवक्ता प्रवेश केसी साउन १३ गते सर्वोच्च अदालत पुगेका थिए । न्याय परिषद् ऐन, २०७३ को दफा २९ को उपदफा ३ (१) र (२) मा न्यायाधीशको सम्पत्ति गोप्य राखिनेछ भन्ने प्रावधानले नेपालको संविधानको धारा २७ ले दिएका अधिकार अनुचित रूपले बन्देज लगाएकाले सो प्रावधानलाई बदर गर्न माग गरिएको थियो । र, उक्त विषय संविधानसँग बाझिएको भन्दै संवैधानिक इजलासबाटै हेर्नुपर्ने केसीको जिकिर थियो ।



प्रतिकृया