• १३:५७ २०८० चैत्र १६ गते
  • 1:57 pm

फलफुल के कसरी खान सकिन्छ

प्रकाशित मिति

२०७८ भाद्र १५ गते, मंगलवार ०३:३८

image

१५ भाद्र, २०७८ काठमाडौँ : राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही पोषक तत्वयुक्त खाना सही मात्रा र सही समय खाँदा मात्रै स्वास्थ्य पनि सही रहन्छ । मानिसको सर्वांग स्वास्थ्यको लागि पोषक तत्वले भरिपूर्ण फलहरू खानुपर्छ । यसको लागि ती फलहरू समय अनुसार फरक छ कि छैन पहिचान गर्नुपर्छ ।


एक दिनमा दुई फल खानुहोस्

एक दिनमा दुईवटा फलको सेवनले छालाको चमक बढ्न जान्छ । साथै, मधुमेह र इन्सुलिन रेजिस्टेन्सको जोखिम पनि कम हुने गर्छ । तर फलको संख्या तोक्दा त्यसको आकारको पनि जिज्ञासा होला । तर सामान्यतया स्याउ १५० ग्राम, एभोकाडो २०० ग्राम, केरा ७० ग्राम हुने गरी फल खानुपर्छ ।


फलको मात्रामा नियन्त्र

फलफूल स्वास्थ्यको लागि लाभदायक हुन्छ । तर यही फल धेरै खायो भने यसले समस्या सिर्जना गर्छ । फल खाने बेलामा एउटा साझा समस्या हुन् कति खाने भन्ने । कुनै मीठो फल एकै पटक खाने होस् या थोरै मात्रामा खाने होस् यसले पोषणको सन्तुलन मिलाउन सक्दैन । फलहरूमा फ्रुक्टोज पाइन्छ । जुन कार्बोहाइड्रेटको एक प्रकार हो। तसर्थ, धेरै मात्रामा फल खाँदा वजन बढ्ने एव‌ रगतमा चिनीको मात्रा बढ्न सक्छ ।


फलफूलको जुस आहारको हिस्सा हुन सक्छ

फलफूललाई डाइटको रुपमा प्रयोग गर्नको लागि फलफूलको रस पनि एउटा प्रभावकारी उपाय हो । प्याक गरिएको जुसको साटो घरमा बनेको फाइबर युक्त जुसलाई प्राथमिकता दिनुहोस् । जुसलाई सकेसम्म भण्डारण गरेर राख्नुहुन्न ।


मौसमी र स्थानीय उत्पादनमा ध्यान दिनुहोस्

सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण छ । सही पोषक तत्वहरुसँगै सही मात्रामा खाना खाने र सही समयमा खानु पनि आवश्यक हुन्छ । त्योभन्दा महत्वपूर्ण कुन ठाउँमा फलेको फल खाइएको छ त्यसले पनि असर गर्छ । मौसमी फलहरु पोषक तत्वले युक्त र बजेट मैत्री पनि हुन्छ । बाहिरबाट आउने फलहरू महँगो हुन्छ र धेरैदिन भण्डारण गर्न सकिने खालको पनि हुन्छ ।


समयको ख्‍याल राख्नुहोस्

यदि तपाईं तौल घटाउन वा चिनीको मात्रा नियन्त्रण गर्न चाहनुहुन्छ भने फल खाने सबैभन्दा उचित समय भनेको बिहानको खानाअघिको समय हो । यदि तपाईं साँझको खानाको समयमा फल खान चाहनुहुन्छ भने मेवाको जुस एक कचौरा खानुहोस् ।


दूधसँग फल

अर्को महत्वपूर्ण कुरा भनेको फल केसँग खाने भन्ने पनि हुन्छ । फल दूधसँग पनि लिन सकिन्छ, तर यदि तपाईं मधुमेह, पीसी‌ओएस वा कुनै अन्य स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने फल र दूध एक साथ खानु हुँदैन ।


फलसँगै प्रोटिनको मात्रा थप्नुहोस्

यदि तपाईं फलहरुमा हुने चिनीको मात्राबारे चिन्तित हुनुहुन्छ वा मधुमेह, मोटोपना र पीसीओएस जस्तै स्वास्थ्य अवस्थाका कारण कार्बोहाइड्रेट कम सेवन गर्न चाहनुहुन्छ भने फलमा प्रोटिनको मात्रा थप्नुहोस् ।

प्रतिकृया