प्रभु बैंकको २ लाख संस्थापक शेयर लिलामीमा

प्रकाशित मिति

२०७८ भाद्र १५ गते, मंगलवार १२:४४

share 1

१५ भाद्र, २०७८ काठमाडौँ : प्रभु बैंक लिमिटेडले २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।कम्पनीले प्रतिशेयरको न्युनतम मूल्य २१० रुपैयाँ ताकिएको हुनाले तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरी न्युनतम १ हजार कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।


शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले भदौ २८ गतेसम्म बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया