• ०७:४० २०८१ बैशाख ७ गते
  • 7:40 am

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने समय एक दिन थपियो

प्रकाशित मिति

२०७८ भाद्र १४ गते, सोमबार १२:५९

१४ भाद्र, २०७८ काठमाडौँ : बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो ।


आवेदनको दिने अन्तिम दिन आज भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले यस दिन सरकारले सार्वजनिक समेत दिएकाले कुनै कारोबार नहुने हुँदा कम्पनीले सेयर निष्काशन समय थप एक दिन थपेको हो । योसँगै कम्पनीको आइपिओ खरिद गर्न चाहने लगानीकर्ताले थप १ दिनको अवसर पाएका छन् ।


कम्पनीले आयोजना प्रभावित स्थानीयवासी नुवाकोट जिल्लाका लगानीकर्ताहरुका लागि कुल १२ लाखमध्ये पहिलो चरणमा ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । १०० अंकित मूल्य दरका कुल ४ लाख कित्तामा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।


लगानीकर्ताले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था, मेरो सेयर र ई–सेवा मार्फत समेत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।

प्रतिकृया