यसकारण हामी एमालेमा प्रवेश गर्यौं
प्रकाशित मिति
२०७८ भाद्र १३ गते, आईतवार ०४:५१
नेकपा माओावदी केन्द्रका नेता शंकरकुमार श्रेष्ठ सहित १२८ जना माओवादी नेकपा (एमाले) मा प्रवेश गर्दा श्रेष्ठले दिनुभएको मनतव्य
१३ भाद्र, २०७८ काठमाडौँ : आरदणीय मित्रहरु हामीलाई व्यक्ति विशेष पार्टी विशेषको आलोचना वा समर्थन गरेर चर्चा कमाउनु छैन । इहितहास साक्षी छ हामी जुन धरातलमा छौं जुन अवस्थामा छौं । त्यसको जस अपजसको भागिधार धेरै थोरै हामीेले पनि लिनुपर्छ । हिजो संसारका मजदुर एक हौं नारा दिएर तमाम मजदुर किासन र निमाखा जनतालाई सर्वहाराको संगठन महान तथा गौरवाशाली पार्टी भन्ने रटान लगाई नेकपा माओवादी नामको पार्टीलाई २०६४ सालमा देशको सबै भन्दा ठूला पार्टी बनाउन हामीले ठूलो योगदान गरेको थियौं ।
जुन विश्वास र भरोशालाई त्यस पार्टीले कायम राख्न सकेन जबजब पार्टी सत्ता र सरकारमा गयो तबतब मजदुरको माग र मुद्दा सम्बोधनको सट्टा फुटाउ र राज गर भन्ने नीति लिइ पार्टीलाई टुक्राटुक्रा पारी नाजाय चलखेल गरी व्यापारि व्यवसायलाई धरापमा पारी देशलाई बेरोजगारीको दीशामा धकेल्दै हामीलाई भर्याङ बनाइ सीमिति व्यक्तिहरुको स्वार्थमा कम्युनिष्ट पार्टीको आचरण विपरित नेतृत्व अगाडि बढ्दै गयो ।
जनवादी केन्द्रीताका नाममा नेताको आसेपासे अवसर पाउँदै गए ।
आज मजदुर मुक्तिको सवाल निमुखा किसानको सवाल राष्ट्रियताको सवालमा त्यस पार्टीले के गर्यो घाइते अपाङ जनमुक्ति सेना लगायत तमाम जनजिविकाका सवालमा नेकपा माओवादीले बाढेको सपना सपनामा सीमित रह्यो । केपी ओलीले संसद विगठनलाई अलोकतान्त्रिक भने पनि आज पुनःस्थापित गतिविधि हेर्दा त्यो विगठन ठीक रहेछ भन्ने औचित्य पुष्टि हुँदैछ । देशविदेशी प्रतिक्रियावादीहरुको डिजाइनमा कमरेड प्रचण्ड फसेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धरापमा पार्दै विसर्जनवादतिर अगाडि बढि नेपाली काँग्रेससँग अपरिवित्र साँठगाठ गरी दुईतिहाइसको सरकारलाई ढलाएर माधव नेपाललाई प्रलोपनमा पारी देश र जनतामाथि गद्दार गर्ने हिजो ४० प्रतिशतको अध्यादेशको विरोध गर्ने आज जनविरोधी सरकारमा गएर २० प्रतिशत अध्यादेश ल्याइ कम्युनिष्ट पार्टीलाई तहशनस पार्ने दीशातिर अगाडि बढि रहँदा हामी इमान्दार सीपाइलाई चित्त बुझेन र त्यसैले हामी नेकपा एमालेमा साहित हुन निर्णय गर्यौ ।
हामी एमालेमा आउनुका कारण
– राष्ट्रियताको सवालमा केपी ओली र एमालेको अडान, अन्याय र अत्चारमा परेका जनताालाई राहत र उद्धार गर्ने नीति अबलम्न गरिको ।
– देश विकासको लहर ल्याइ समृद्ध नेपाल र सुखी नेपाली बनाउने योजनाबाट प्रभावित भएर ।
– मजदुरको न्यूनतम चेतना बृद्धि गरी योगादनम आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन गरेकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत देशका युवालाई रोजगारी प्रदान गर्ने र विदेश पलायन हुनबाट रोक्न नीति देखेर ।
– उद्योगी र व्यसायिलाई निर्वाद रुपमा आफ्नै व्यवासय सञ्चालन गर्न सक्ने वातावरण बनाइ देश विकासमा जोड दिने नीति देखेर भक्तपुरबासीले देख्ने गरी नेकपा एमालेका जनप्रतिनिधिहरुले निश्वार्थ रुपमा जनताको सेवा गरी विकास निर्माणको सेवा गरेको देखेर ।
– न्याय नपाए गोर्खा जानु भन्ने जस्तै विकास हेर्न भक्तपुर जानु भन्ने लागेर नेकपा एमालेका अध्यक्षले एवं कुशल संगठकले पार्टी एकता बचाइ राख्न गरेको कार्यले हामी एमालेमा समाहित हुन चाहेका हौं ।
– देशभरका जुजार युवाको डुकडुकी र यहाँ भएर राष्ट्रिय राजनीतिका साथै भक्तपुरको राजनीति अब केही दशक कमरेड महेश बस्नेतको वरिपरि एमालेका वरिपरि रहने विश्वासका साथ एमालेमा समायोजन रोजेको हो ।
नेकपा एमाले जिल्ला संगठन कमिटीले शनिवार आयोजना भएको वृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले खादा तथा पार्टीका जिल्ला अध्यक्ष बचन देउजाले अविर लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा नेता बस्नेतले एमाले मुलुकको मुल नेतृत्वकर्ता पार्टी भएकाले नवप्रवेशीको योग्यता क्षमता तथा दक्षताको आधारमा कांग्रेस तथा माओवादीमा लिएको जिम्मेवारीलाई यथावत पदिय मर्यादा हुने गरी सम्भव भएसम्म प्रयास गरी पार्टीको आगामी यात्राको लागि समेटेर लैजाने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष देउजाले वर्तमान शेरबहादुर देउवा नेतृत्वको अपवित्र गठबन्नको सरकार जनताको पक्षमा नभएको दावी गर्दै गठबन्धनको हरेक चुनौतीलाई सामना गरी असफल उद्घोष गर्नुभ्यो । नेकपा एमाले भक्तपुर जिल्ला कमिटिका सचिव बासुदेव थापाद्धारा सञ्चालित कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य मिलन श्रेष्ठ, जिल्ला कमिटि सदस्य जुना बस्नेत सूर्यविनायक नगर कमिटी अध्यक्ष रबिन्द्र सापकोटा, मध्यपुरथिमी नगर कमिटि अध्यक्ष सूर्यलाल श्रेष्ठ र जिल्ला कमिटि सदस्य सहदेव न्यौपाने लगायतले नवप्रवेशीलाई एमालेमा स्वागत गर्दै उहाँहरुको योग्यता अनुसारका जिम्मेवारी प्रदान गर्ने बताउँदै अब विकास र समृद्धिको यात्रामा एमालेसँगै हातोमालो गर्नुपर्ने बताउनुभयो ।
प्रतिकृया