एनआईसी एशिया बैंकको १८ सय संस्थापक शेयर विक्रीमा
प्रकाशित मिति
२०७८ भाद्र १३ गते, आईतवार १२:५३
१३ भाद्र, २०७८ काठमाडौँ : एनआईसी एशिया बैंकले आजदेखि १ हजार ८०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले शेयरधनी उषा गोल्छाको नाममा रहेको शेयरमध्येबाट उक्त शेयर विक्रीमा ल्याएको हो ।
बैंकले शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंमा निवेदन बुझाउन आग्रह गरेको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने बैंकले जनाएको छ ।
प्रतिकृया