टिकटकले सर्च रिजल्टबाट हटायो ‘मिल्क क्रेट च्यालेन्ज’
प्रकाशित मिति
२०७८ भाद्र १३ गते, आईतवार १२:०७
१३ भाद्र, २०७८ काठमाडौँ : पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘मिल्क क्रेट च्यालेन्ज’लाई सर्ट भिडियो प्लेटफर्म टिकटकले सर्च रिजल्टमा प्रतिबन्ध लगाएको छ । दूधको क्रेट खात लगाएर त्यसमाथि चढेर पार गर्ने च्यालेन्जलाई ‘मिल्क क्रेट’ च्यालेन्ज भनेर अहिले भिडियो बनाउने लहर नै चलेको छ । तर, अग्लो खात बनाएर चढेर पार गर्ने क्रममा लडेर चोट लाग्ने सम्भावना पनि धेरै देखिन्छ ।
त्यसैले टिकटकमा मानिसले त्यो भिडियो खोजेर हेर्दा उनीहरूलाई पनि त्यसै गर्न मन लाग्ने सम्भावना धेरै भएकाले जोखिम कम गर्न टिकटकले सर्च रिजल्टमा यस्ता भिडियो नदेखाउने भएको हो । यो ट्रेन्ड सुरु भएको प्लेटफर्म- टिकटकमै अहिले ह्यासट्याग तथा सर्चमा गएर त्यो च्यालेन्ज खोज्दा नतिजामा ‘नो रिजल्ट फाउन्ड’ देखाउन थालेको छ ।
‘तपाईँले खोजेको कन्टेन्टले हाम्रो गाइडलाइन भायोलेट गर्छ । सुरक्षित र सकारात्मक कुराको प्रोमोसन गर्नु टिकटकको पहिलो प्राथमिकतामा पर्छ,’ टिकटकको सर्च रिजल्टमा भनिएको छ, ‘अझै धेरै जानकारीका लागि हाम्रो कम्युनिटी गाइडलाइन पढ्नुहोस् । ’टिकटकका प्रवक्ताले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग त्यो भिडियो बनाउने क्रममा जटिल चोट लाग्न सक्ने भएकाले प्रतिबन्ध लगाइएको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया