मंगलबारदेखि नेपाल-श्रीलंकाबीच सिधा उडान
प्रकाशित मिति
२०७८ भाद्र १३ गते, आईतवार ११:५४
१३ भाद्र, २०७८ काठमाडौँ : आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौँ-कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई मंगलबार र शनिबार काठमाडौँ-कोलम्बो उडान हुने जानकारी दिए । प्रवक्ता क्षेत्रीले भने, ‘ काठमाडौँ -कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको छ ।’
काठमाडौँ-कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय धोजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ ।
Related
Recent News
- एनपीएलमा विराटनगरद्धारा चितवन पराजित, चितवनलाई धक्का
- केईसीमा तीनदिने अर्डुइनो वर्कशप सम्पन्न, केईसी लाइट २०८१को तयारी जारी
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण
- अस्पतालमा आगलागी हुँदा ६ जनाको मृत्यु
- जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र नबुझौं : अर्थमन्त्री
- ‘माग्ने राजा’ मा केदारसँगै वर्षा अनुबन्ध
- सरकारले तोकेको न्यूनतम तलब निजीमा पनि लागु गर्न स्वास्थ्य मन्त्रालयको पत्र
- अन्तिम खेलमा पनि लुम्बिनी पराजित
- सुनचाँदीको मूल्य घट्यो
- नेपाल बुद्ध धर्म अध्ययनको केन्द्र हो : प्रधानमन्त्री ओली
प्रतिकृया