थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ भाद्र १२ गते, शनिबार ०४:५३
१२ भाद्र, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पीसीआर परीक्षण गर्दा १ हजार ५१६ जनामा र ३ हजार ७६७ एन्टिजेन परीक्षण गर्दा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ६ सय ९० पुगेको छ । शनिबार २ हजार २२२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल ३६ हजार ८६६ जना सक्रिय संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Related
Recent News
- स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
- जनसंख्या प्राथमितामा मात्र नभइ प्रमुख प्राथमिकतामा पर्नुपर्छ : मन्त्री पौडेल
- जनकपुर बोल्ट्सको अपराजित यात्रामा लाग्यो पूर्ण विराम, सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित
- माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने
- कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
प्रतिकृया