शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०४:५५

nepse gateko e1620295217788

९ भाद्र, २०७८ काठमाडौँ : शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार बजार परिसूचक नेप्से ४८.४२ अंकले घटेको हो । कुल २२७ कम्पनीको १९ करोड ५९ लाख ९० हजार ८९ कित्ता सेयर सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकममा पनि चार अर्ब हाराहारीको गिरावट आएको छ ।


आज कुल १२ अर्ब ९ करोड २१ लाख ३ हजार रुपैया बराबरको सेयर कारोबार भएको छ । मंगलबार १६ अर्ब रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो । बुधबार कारोबारमा आएका सबै उपसमूहमा गिरावट आएको छ । बुधबार कारोबारमा आएकामध्ये १६२ कम्पनीको सेयर मूल्य घट्यो ।


यस्तै २१ कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रतिकृया