• १६:५० २०८० चैत्र १६ गते
  • 4:50 pm

काठमाडौँ उपत्यकामा थप ७४५ जनालाई कोरोना

प्रकाशित मिति

२०७८ भाद्र ९ गते, बुधबार ०४:५२

ktm

९ भाद्र, २०७८ काठमाडौँ : पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७४५ जना कोरोना संक्रमित थपिएका छन्। स्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ जना संक्रमित थपिएका हुन्।पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यसमा पछिल्लो २४ घण्टामा मृत्यु भएका र केही दिनअघि नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्या समेत जोडिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिकृया