• १५:३३ २०८० चैत्र १५ गते
  • 3:33 pm

एक समलैंगिकको पीडा, ‘उनीहरुले मलाई देख्नसाथ गोली ठोक्नेछ’

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार ०१:५९

123

५ भाद्र, २०७८ काठमाडौँ : तालिबानले अफगानिस्तानमाथि कब्जा गर्नुअघि पनि समलैंगिक अब्दुल (परिवर्तित नाम)को जिन्दगी खतरामा थियो । यदि उनले कुनै गलत व्यक्तिलाई आफ्नो लिंगबारे गोप्य कुरा चुहाएका भए अफगानिस्तानको कानुन बमोजिम उनी जेल जानुपर्ने हुन्थ्यो । जसोतसो उनी जोगिए । तर, अब उनीमाथि खतरा अरु बढेको छ ।


अफगानिस्तानमा तालिबानले कब्जा जमाएको छ । यदि उनी समलैगिक भएको थाहा भएमा गोली ठोकेर मारिनेछ । तालिबान एक कट्टरपन्थी सैन्य समूह हो, जसले अहिले अफगानिस्तानलाई नियन्त्रणमा लिएको छ । उसले इस्लामको रुढिवादी स्वरुपलाई अरु बढाव दिनेछ । जब तालिबानले ९० को दशकमा अफगानिस्तानको सत्तामाथि कब्जा जमाइरहेका थिए, तब अब्दुलको जन्म पनि भएको थिएन ।


अब्दुल भन्छन्, ‘मैले आफ्नो परिवारजन र ठूला मान्छेहरुबाट तालिबानको बारेमा कुरा गरेको सुनेको थिएँ । तालिबानको बारेमा केही फिल्म पनि हेरेको थिएँ । तर, अब त यस्तो लाग्दैछ कि म पनि फिल्मको एक हिस्सा हुँदैछु ।’ यस हप्ता अब्दुलले विश्वविद्यालयको अन्तिम बर्षको परीक्षा दिनेवाला थिए ।


यतिबेला ऊ आफ्ना साथीसँग खानाको लागि कतै गइरहेका हुन्थे, ब्वाइफ्रेन्डसँग भेटघाट गरिरहेका हुन्थे । तीन बर्षअघि स्विमिङ पुलमा उनले आफ्ना केटा साथी भेटेका थिए । तर, अहिले उनी लगातार घरभित्र बन्द छन् । उनको मूख्य ढोकाको बाहिर तालिबानका युवा खडा छन् ।


किन तालिबानको डर ?

उनी भन्छन्, ‘जब म झ्यालबाट तालिबानलाई देख्छु एकदमै डर लाग्छ । मेरो शरीरका कम्पन छुट्छ । सामान्य मान्छेहरु मारिरहेका छन् । म उनीहरुको अगाडि गएर कुनै बिरोध गर्न सक्ने अवस्थामा छैन ।’ अब्दुल आफुल समलैंगिक भएको कुरा समाजलाई मात्र होइन, परिवारलाई पनि बताउन सकिरहेका छैनन् ।


अब्दुल भन्छन्, ‘अफगानिस्तानमा कुनै समलैंगिकले आफ्नो परिवारलाई पनि यो कुरा बताउन सक्दैनन् । कतिसम्म भने आफ्ना हितैषीलाई पनि यसबारे बताउन सकिने स्थिती छैन । मैले यदि परिवार वा साथीलाई यो रहस्य बताए भने म मारिन पनि सक्छु ।’ अब्दुलले पनि आफ्नो लैंगिक पहिचान लुकाएका थिए । काबुलमा पनि उनले आफ्नै हिसाबले जिन्दगी बिताइरहेका थिए । काबुलमा आफ्नो मर्जी अनुसार खुसीसाथ जीवन बिताइरहेको उनी बताउँछन् ।


तर, एक साता यता उनले आफ्नै जिन्दगी भाँसिदै गएको महसुष गरेका छन् । अब्दुललाई डर छ कि, ‘मेरो पढाई अब के हुन्छ निश्चित छैन । मेरो साथीसँग पनि सम्पर्क टुटेको छ । ऊ कस्तो हालतमा होला ?’ उनको पार्टनर अर्को शहरमा फसेका छन् । ऊ काबुल आउन सक्दैनन् र अब्दुल त्यहाँ जान सक्दैनन् ।


उनीहरुले समलैंगिकलाई देख्नसाथ गोली ठोक्नेछन्

उनका पिता अफगान सरकारसँग काम गर्थे । अहिले लुकेर बसेका छन् । धेरैजसो महिलाहरु, जसलाई अब्दुलले चिन्छन् उनीहरु मृत्युको डरले घरबाट निस्किएका छैनन् । कतिपय चाहिँ खतरा मोलेर घर बाहिर निस्किएका छन् तर पनि उनीहरु पुरुषका साथमा निस्किएका हुन् ।’


पछिल्लो एक हप्तामा अब्दुलको दिल र दिमागमा अन्धकार छाएको छ । उनी भन्छन्, ‘म डरलाग्दो डिप्रेसनमा छु । म कतिपटक त यी सबैलाई मार्छु भनेर सोच्छु । म यस किसिमको जीवन जिउन चाहन्न ।’ उनी यस्तो जीवन बाँच्न चाहन्छन्, जहाँ स्वतन्त्रता होस् । स्वच्छन्द जीवन । ‘म चाहन्न कि कसैले तँ समलैंगिक हो यहाँ बस्न सक्दैनस् भनेर सुन्न चाहन्न’ अब्दुल भन्छन् ।


तालिबानले भनेको छ कि यसपटक उनीहरुको शासनमा महिलालाई अधिकार दिइनेछ र अल्पसंख्यकको रक्षा गरिनेछ । तर, अब्दुललाई तालिबानप्रति भरोसा छैन । उनी भन्छन्, ‘भलै तालिबान सरकारले महिलालाई स्वीकार गर्न सक्ला, उनीहरुलाई विद्यालय जान दिन सक्छ, तर उनीहरुले कुनैपनि हालतमा समलैंगिक व्यक्तिलाई स्वीकार गर्नेछैन । उनीहरु समलैंगिकलाई जहाँ पनि मार्न सक्छन् ।’


विमानमा चढेर अफगान छाड्नेहरुको बारेमा अब्दुल भन्छन्, ‘उनीहरु पागल होइनन् ।’ ‘यहाँ उनीहरुको कारोबार छ, रोजगार छ, राम्रो जीवन छ तर पनि भागिरहेका छन् । उनीहरु पागल होइनन् । विमानबाट खसेर मरिरहेका छन् । किन यस्तो चुनौती लिइरहेका छन् भने अब अफगानिस्तान सुरक्षित छैन ।’


म पनि स्वतन्त्र र सुरक्षित जीवन बाँच्न चाहन्छु

अब्दुल भन्छन् कि उनी देशबाट बाहिर भाग्ने मौकाको खोजीमा छन् । यस्ता केही संगठन छन्, जसले अफगानिस्तानमा अब्दुल जस्ता मान्छेलाई सहयोग गर्छन् । उनलाई थाहा छ कि ब्रिटेनले बीस हजार अफगानी नागरिकलाई शरण दिनेछ । तर, त्यसका लागि आवश्यक प्रक्रिया के हो कसैलाई थाहा छैन ।


ब्रिटेनमा समलैंगिकको लागि काम गर्ने संगठन स्टोनवालले ब्रिटेन सकारसँग समलैंगिक समुदायलाई शरण दिनका लागि आग्रह गरेको छ ताकि उनीहरु ब्रिटेनमा पुगेर आफ्नो नयाँ जीवन सुरु गर्न सकोस् । अब्दुल भन्छन्, ‘म यति मात्र भन्न चाहन्छु कि यदि कसैले मेरो आवाज सुनिरहेका छन् भने एक युवाको रुपमा म पनि स्वतन्त्र र सुरक्षित जीवन बाँच्न चाहन्छु ।


म २१ बर्षको भएँ । मैले आफ्नो पुरा जीवन युद्धमा विताएँ । बम विस्फोट भएको, साथीहरु गुमाएको, आफन्तको मृत्यु भएको देखेको छु । हाम्रो लागि सबैले प्रार्थना गरिदिनुहोस् ।’

बिबिसीबाट

प्रतिकृया