मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा परिणत
प्रकाशित मिति
२०७८ भाद्र २ गते, बुधबार ०१:४०

२ भाद्र, २०७८ काठमाडौँ : मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।
झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरीको कोशी गाउँपालिका वडा नम्बर १ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषाकै नागराइन नगरपालिका वडा नम्बर २ मा रहेको नागराइन एक्सटेन्सन काउन्टर, अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।
यस अघि नै बैंकले सुनसरीको वराहक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा रहेको एक्सटेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ । अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जनाएको छ । योसँगै अब मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।
प्रतिकृया