फोहोर नउठेपछि दुर्गन्धित बन्यो काठमाडौँ
प्रकाशित मिति
२०७८ भाद्र २ गते, बुधबार ०१:१८

२ भाद्र, २०७८ काठमाडौँ : काठमाडौँ महानगरपालिकाले केही दिनदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरि जताततै फोहोरै फोहोर छ । सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा दुर्गन्ध फैलिएको छ । वर्षायाममा फैलिएको फोहोरको दुर्गन्धले रोग फैलने डर बढेको छ ।
काठमाडौँ का फोहोर फाल्ने बञ्चरेडाँडा डाँडामा बाटो बिग्रिएका कारण केही दिनदेखि फोहोर उठाउन नसकिएको महानगरपालिकाको भनाइ छ । काठमाडौं वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीले भने, ‘बञ्चरे डाँडामा बाटो भासिएकाले गर्दा फोहोर उठाउन नसकिएको हो ।अस्ति पनि बाटो बिग्रिएको थियो, फेरि बिग्रियो ।’
प्रतिकृया