• 6:45 am

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश रेग्मीको बेञ्चमा

प्रकाशित मिति

२०७८ भाद्र २ गते, बुधबार ११:२२

२ भाद्र, २०७८ काठमाडौँ : विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको बिरुद्धमा परेको रिट उपर आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बेन्चमा सुनुवाइ हुनेगरी प्रधान न्यायाधीशले मुद्दाको पेशी तोकेका छन् ।कार्यकारी निर्देशक पदमा ‘थमौती गरि पाउँ’ भन्दै हितेन्द्रदेव शाक्यले साउन ३२ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


उनले प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरि पाउँ’ भन्ने माग गरेका छन् । रिटमा शाक्यले पदाधिकारीबाट आफुलाई हटाएको आधिकारीक पत्र नपाएको र सरकारले आफुलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान संवत् अधिकार हनन भएको’ दावी गरेका छन् ।


हितेन्द्रदेव शाक्यसँग अहिले तीन वटा पद छन् – सरकारले दिएको जल तथा ऊर्जा आयोगको पूर्णकालीन सदस्य, उनले दावी गरेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक र प्राधिकरणकै उपकार्यकारी निर्देशक । कार्यकारी निर्देशक भएर पनि अहिलेसम्म उपकार्यकारी निर्देशक पदबाट राजीनामा दिएका छैनन् ।

प्रतिकृया