• 7:55 am

देउवालाई विश्वासको मत दिएका एमाले सांसदबीच श्रेष्ठ निवासमा छलफल

प्रकाशित मिति

२०७८ भाद्र १ गते, मंगलवार १२:१६

१ भाद्र २०७८ काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरु किसान श्रेष्ठको निवासमा भेला भएर छलफल गरेका छन् । सांसदहरुको छलफल चलिरहेको बेला नेता माधव कुमार नेपाल पनि पुगेका थिए ।


प्रधानमन्त्री देउवालाई एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । उनीहरुबीच भक्तपुरस्थित श्रेष्ठको निवासमा छलफल भएको हो । भेलामा सहभागी एक नेताले समसामयिक अवस्थाबारे ‘सामान्य चियागफ’ भएको बताए ।


तनहुँबाट निर्वाचित श्रेष्ठले ओली कित्ता परिवर्तन गरी नेपाल पक्षमा लागेका छन् ।

प्रतिकृया