सुनको मूल्य, बढ्यो तोलामा कति ?

प्रकाशित मिति

२०७८ भाद्र १ गते, मंगलवार ११:१३

sun 7 e1613547060207

१ भाद्र, २०७८ काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज छापावाल सुन प्रति तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।


तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार १० रूपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया