• 5:29 pm

एमाले फुटाउने अध्यादेश ल्याउन लागिएको भन्दै ओली गरे एकताको आह्वान

प्रकाशित मिति

२०७८ भाद्र १ गते, मंगलवार ०६:५४

१ भाद्र २०७८,मंगलबार काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद अधिवेशन हठात अन्त्य गरेर एमालेलाई विभाजन गर्ने गरी अध्यादेश ल्याउन लागिएको भन्दै आपत्ति जनाएका छन् । साथै उनले एमाले र यस पार्टीको संसदीय दलमा विभाजन ल्याउने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य नहुने पनि चेतावनी दिएका छन् ।


सोमबार आफ्नो निवास बालकोटमा पार्टीका नेताहरुसँग छलफल गरेपछि राति नै विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन्, ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपील गर्दछु ।


प्रतिकृया