तालीबानले भिडियो जारी गर्दै भन्यो, ‘जहाँ पुगेका छौं, त्यसको आशै थिएन’
प्रकाशित मिति
२०७८ श्रावण ३२ गते, सोमबार ०२:३९

३२ साउन, २०७८ काठमाडौँ : एजेन्सी तालिबान चरमपन्थीले काबुलमा कब्जा र जीतको घोषणा गरेको एक दिनपछि एउटा नयाँ भिडियो जारी गरेको छ । यो भिडियोमा तालिबानका उपनेताले अब अफगानी जनताका लागि केही गर्ने र उनीहरुको जीवन सुधार्ने समय आएको बताएका छन् ।
तालिबानका अन्य लडाकूसँग बसेका मुल्ला बरादर अदुन्दले यो भिडियोमा भनेका छन्, ‘अब केही नयाँ गर्ने समय आएको छ । हामी देशभरी शान्ति कायम गर्नेछौं । हामी मानिसहरुको जीवन उत्कृष्ट बनाउनका लागि जति सक्दो प्रयास गर्नेछौं ।’ उनले थपे, ‘हामी जसरी यहाँसम्म पुग्यौं त्यो हामीले सोचेका पनि थिएनौं र जुन स्थानमा छौं, त्यसको आशै थिएन ।’
तालिबानका एक अधिकारीले देशमा स्थिति पूर्ण रुपमा शान्तिपूर्ण भएको र कतै पनि संघर्ष नभएको दाबी गरेका छन् । यी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘हामीले जुन रिपोर्ट पाइरहेका छौं, त्यसको हिसाबले स्थिति शान्तिपूर्ण छ ।’
प्रतिकृया