सन्चुरी बैंकको नाफा घट्यो, वितरण योग्य नाफा भने ४८.६२ प्रतिशतले बढ्यो
प्रकाशित मिति
२०७८ श्रावण ३२ गते, सोमबार ०२:४०

३२ साउन, २०७८ काठमाडौँ : सेन्चुरी कमर्सियल बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सेन्चुरी कमर्सियल बैंकको खुद नाफा घटेको हो । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ६.७७ प्रतिशतले घटेर ७५ करोड ३६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा भने यसले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, वितरण योग्य नाफा भने ४८.६२ प्रतिशतले बढेर ५९ करोड ४६ हजार ३१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ थियो । बैंकको सञ्चालन नाफा १४.९० प्रतिशतले घटेर १ अर्ब ३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यसैगरी, बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा छ । बैंकको खुद ब्याज आम्दानी ३.२९ प्रतिशतले घटेर २ अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँ पुगेको छ ।
प्रतिकृया