काभ्रे फेस्ट-सिजन २ को अन्तिम अडिसन भदौ ५ गते हुदै
प्रकाशित मिति
२०७८ श्रावण ३१ गते, आईतवार १२:४५

३१ साउन, २०७८ काठमाडौँ : एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो पहिलो चरणको अडिसन सम्पन्न गरेका छन्। बिगत २ वर्ष देखि रोकिएर रहेको ‘काभ्रे फेस्ट-सिजन २’ को पहिलो चरणको अडिसन काभ्रेको बनेपा मा स्थानीय संघ संस्थाहरु को सहकार्यतामा सम्पन्न भएको र अन्तिम अडिसन यहि आउदो भदौ ५ गते शनिबार को दिन बनेपा पार्टी भेन्यु & रेस्टुरेन्टमा Covid -19 स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि आयोजना हुने भएकाे छ।

उक्त अडिसन मा इक्छुक युवा-युवतीहरु लाइ यथासिघ्र फारम भरि अडिसनमा आउनको लागि आह्वाहन गरिएकाे छ। मोडलिङ क्षेत्रमा अभिरुचि राख्ने युवा युवतीहरुका लागि सुनौलो अवसर रहेको काभ्रे फेस्ट उक्त अडिसन को पहिलो चरणमा ७ जना छनौट गरिएको र अब आउने सनिबारका दिन गरिने अडिसनबाट अझ २३ जनालाइ छनौटगरि जम्मा ३० जनाले मात्र सहभागिता जनाउन पाउने गरि उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु. १ हजार राखिएको छ। हामीले पारिवारिक परिस्थितिलाई मध्यनजर राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका छौ । जहाँ हामी तपाईहरु लाइ मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता, आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा ‘काभ्रे फेस्ट-सिजन २’ एउटा सुनौलो अवसर रहेको छ। काभ्रे फेस्ट , युवा-युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो ,जहा बिबाहित-अबिबाहित ,महिला-पुरुष दुवैले सहभागिता जनाउन सक्छन।
अन्तिम अडिसन को निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य त्येसैगरि बनेपा सौन्दर्यकर्मीका अध्यक्ष एबम योगा प्रसिक्छक सोभा थापा नकर्मी ,मोडलिङ् संघ काभ्रेका अध्यक्ष एबम प्रोदुसर र डइरेक्टर जिबन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक-युवा ब्यबसायी प्रकाश बोलाखे रहेका छन्।

हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न रउत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ ।हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ । वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपामा गरिने भनि जानकारी आयोजक नितिन कायस्तले जानकारी दिएका छन्।
प्रतिकृया