• १८:३८ २०८० चैत्र १६ गते
  • 6:38 pm

केन्द्रीय कमिटीको बैठक आजै सम्पन्न गर्ने माओवादीको तयारी

प्रकाशित मिति

२०७८ श्रावण ३१ गते, आईतवार १२:२४

prachanda 4 e1614939496664

३१ साउन, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले आइतबार नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको छ। आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको हो।


बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनले आइतबारको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टहरुलाई सोमबार बस्ने स्थायी कमिटीको बैठकले व्याख्या र निष्कर्ष निकाल्ने बताए।


उनले भने, ‘आज बसेको स्थायी कमिटीको बैठकले सकेसम्म आज नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छौँ, आजको केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरु आउने छन्, त्यसपछि त्यसको व्याख्या र निस्कर्षको लागि स्थायी कमिटीको बैठक भोलि बस्नेछ।’


आइतबारको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुनेछ।

प्रतिकृया