• १३:२३ २०८० चैत्र १६ गते
  • 1:23 pm

मनी ट्रान्सफर सुविधा दिन महालक्ष्मी बैंकले गर्यो ईसेवासँग सम्झौता

प्रकाशित मिति

२०७८ श्रावण ३१ गते, आईतवार १२:१४

handshake

३१ साउन, २०७८ काठमाडौ : मनी ट्रान्सफर सुविधा दिन महालक्ष्मी विकास बैंक लिमिटेडले ई–सेवा मनी ट्रान्सफरसँग सम्झौता गरेको छ । ई–सेवा मनी ट्रान्सफर प्रा।लि। का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ले आज सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


सम्झौतापछि बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट ई–सेवा रेमिट मार्फत सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् । बैंकले हाल सम्म २४ वटा रेमिटान्स कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई रेमिटान्स सुविधा प्रदान गर्दै आईरहेको छ ।


१०३ वटा शाखाहरु मार्फत बैकिङ्ग कारोवार गर्दै आईरहेको बैंकले आगामी दिनमा बैकिङ्ग सेवालाई अत्याधुनिक प्रविधिमैत्री बनाई ग्राहकहरुलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिकृया