• १४:११ २०८० चैत्र १५ गते
  • 2:11 pm

रेड पाण्डाको छाला सहित ३ जना पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण २९ गते, शुक्रबार ०२:१६

red panda

२९ साउन, २०७८ काठमाडौँ : वाणगंगा नगरपालिका-४ सिद्धिपुरस्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजको कोठा नम्बर १०४ बाट २ थान रेड पाण्डाको छाला र १ थान रेड पाण्डाको पुछर सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय खगेन्द्र पुरी, सोही ठाउँ बस्ने ३२ वर्षीय आशिष जोगी र २६ वर्षीय सौरब राजवंशी रहेका छन् । उक्त लजमा रेडपाण्डाको छाला कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले होटेल तलासी गर्ने क्रममा उक्त छाला र पुछर सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले कपिलवस्तुले जनाएको छ

प्रतिकृया