• १६:२० २०८० चैत्र १५ गते
  • 4:20 pm

महन्थ ठाकुरको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

प्रकाशित मिति

२०७८ श्रावण १८ गते, सोमबार ११:३८

adalat e1615005574434

१८ साउन, २०७८ काठमाडौँ : जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।


निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।


यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा पनि ठाकुरले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । उनले जसपा नेपालका कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गर्ने प्रक्रियालाई रोक्न अन्तरिम आदेशको माग गरे पनि अदालतले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । ठाकुरका तर्फबाट दायर दुवै रिटलाई इजलासमा एकसाथ राखेर सुनुवाई हुने भएको हो ।

प्रतिकृया