• 5:17 am

अस्ट्रेलियन खेलाडी इम्माले १०० फ्रि-स्टाइलमा बनाइन् ओलम्पिक रेकर्ड

प्रकाशित मिति

२०७८ श्रावण १३ गते, बुधबार ०४:२९

qqq e1627469046264

३ साउन, काठमाडौँ : अस्ट्रेलियन स्वीमर इम्मा म्याकियोनले ओलम्पिकमा स्विमिङको १०० मिटर फ्रि(स्टाइलमा कीर्तिमान बनाएकी छन् । बुधबार भएको साताौं हिटमा निर्धारित दूरी ५२.१३ समयमा पार गरेकी उनले स्वीस खेलाडी सारा स्योस्ट्रोमको ५२।६२ को कीर्तिमान तोडेकी हुन् । इम्माले रियो ओलम्पिक २०१६ मा २ स्वर्णसहित ६ स्वर्ण पदक जितेकी थिइन् ।


यो इभेन्टको विश्व कीर्तिमान भने अझै साराको नाममा छ । उनले निर्धारित १०० मिटरको दूरी ५१स्१३ मा पार गर्दै विश्व कीर्तिमान बनाएकी थिइन् । त्यो विश्व कीर्तिमान भने अझै कायम छ । यही इभेन्टमा नेपालको प्रतिनिधित्व गरेकी गौरिका सिंहले पहिलो हिटमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।


उनले २०१९ मा आफैँले बनाएको कीर्तिमानमा सयम सुधार गरेकी हुन् । पुरुषतर्फ पनि १०० मिटर फ्रि-स्टाइलमा मंगलबार एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

प्रतिकृया